Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

लियो क्लब अफ नारायणगढ दियालोद्वारा सहपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

लियो क्लब अफ नारायणगढ दियालोद्वारा सहपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

चितवन : लियो क्लब अफ नारायणगढ दियालोले सरस्वती पुजाको अवसरमा कालिका नगरपालिका वडा नम्वर २ स्थित आधारभूत विद्यालय सहपुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

क्लवले नयाँ भर्ना भएका १३ जना विद्यार्थीहरूलाई ब्याग र अन्य विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरेको हो । प्रोजेक्ट भविष्यको कोसेली अर्न्तगत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको लियो क्लब अफ नारायणगढ दियालोका अध्यक्ष रमन वाग्लेले बताए ।

कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष लक्ष्मण पौडेल रहेका थिए । त्यस्तै, विशिष्ट अतिथि लियो जिल्ला परिषद् ३२५ आर नेपालका जिल्ला सचिव लियो लायन नितिन बस्नेत रहेका थिए ।

लियो जिल्ला परिषद् ३२५आर नेपालका उपाध्यक्ष लियो विज्ञान पौडेल, कोषाध्यक्ष लियो विमोचन आचार्य, टेलट्विस्टर आत्माराम पाण्डे, कल्स्टर चिफ २ का शिला न्यौपाने, रिजन ५, चियरपर्सन समिर अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट