Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

फेन्सी व्यवसायी संघ चितवनको दुई वर्षे कार्ययोजना तयार

फेन्सी व्यवसायी संघ चितवनको दुई वर्षे कार्ययोजना तयार

भरतपुर : चितवनका फेन्सी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको फेन्सी ब्यवसायी संघ चितवनको आगामी दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको फेन्सी व्यवसायीहरुको हकहितलाई प्राथमिकतामा राखेर दुई वर्षे कार्ययोजना निर्माण गरेको हो । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षतामा आइतबार र सोमबार शुक्रनगरमा सम्पन्न दुई वर्षिय छ ।

कार्ययोजना गोष्ठिमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । फेन्सी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद सापकोटाको संयोजकत्वमा सम्पन्न गोष्ठिमा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं वस्तुगतका संयोजक नारायण प्रधान विशेष अतिथि रहनु भएको थियो । कार्यक्रममा फेन्सी व्यवसायी संघ चितवनका पूर्व

अध्यक्ष एवं सल्लाहकार बालकृष्ण कँडेल, सल्लाहाकार मेघराज कँडेल, घनश्याम सापकोटा, फेन्सी बचत तथा ऋण सकासरी सस्थाका अध्यक्ष पदम बहादुर केसीलगायत संघ तथा साकोसका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको श्रोत व्यक्ति नलेज एकेडेमीका प्रबंध निर्देशक एवं नेपाल जेसिसका पूर्व राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट