चितवन : चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीबाट प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले ट्रक रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले छोपेर राखिएका १० वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित ट्रक र मकवानपुरको भीमफेदी गाउँपालिका–४, पान्द्राङ निवासी २७ वर्षीय चालक रञ्जित सुनारलाई पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij