Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

आज राति ६ घण्टा बन्द हुँदै पृथ्वी राजमार्ग

आज राति ६ घण्टा बन्द हुँदै पृथ्वी राजमार्ग

काठमाडौं : काठमाडौं आवतजावत गर्ने मुख्य सडक पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने भएको छ।धादिङको गलौंदीमा त्रिशूली नदीको कटानका कारण भासिएको सडक थप मर्मत गर्न राजमार्ग बन्द गर्न लागिएको हो।जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–५, गलौंदी क्षेत्रमा आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द रहने जनाएको छ।

त्रिशूली नदीले सडक कटान गर्दा गलौंदीमा सडक भासिएपछि गत शुक्रबार साँझदेखि आइतबार दिउँसोसम्म पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडकको करिब १०० मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएपछि दुई दिनसम्म सवारी आवागमन ठप्प भएको थियो।भासिएको सडकको माथिल्लो भाग कटान गरी डाइभर्सन निर्माण गरेपछि आइतबार अपराह्नदेखि राजमार्गमा दुईतर्फी सवारी सञ्चालनमा आएका थिए। तर, सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउन मर्मत गर्नुपर्ने भएपछि रातिको समयमा आवागमन रोक्न लागिएको हो।राजमार्ग बन्द रहने अवधिमा काठमाडौं जाने तथा काठमाडौं भित्रिने यात्रु र सवारी चालकले समय व्यवस्थापन गरी यात्रा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट