Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पृथ्वी राजमार्गको गलौंदी खण्डमा सोमबार रातिदेखि सवारी आवागमन बन्द हुने

पृथ्वी राजमार्गको गलौंदी खण्डमा सोमबार रातिदेखि सवारी आवागमन बन्द हुने

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–५ गलौंदी क्षेत्रमा सडक मर्मतका लागि सोमबार रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त सडकखण्डमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त सडकखण्ड भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइनेछ। सडक मर्मत कार्यका क्रममा हुन सक्ने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गर्दै सम्बन्धित सबैलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट