काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै गएसँगै नेपालमा आज र भोलि पनि वर्षा हुने मौसमविद्ले बताएका छन्।
पूर्वी क्षेत्रमा वर्षा केही घट्ने देखिए पनि पश्चिमी भूभागमा वर्षाको मात्रा बढ्ने सम्भावना छ। निरन्तरको वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्नुका साथै पहिरोको जोखिमसमेत बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ।
मौसम क्रमिक रूपमा आइतबारदेखि सुधार हुने सम्भावना रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij