Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

लागूऔषध गाँजासहित कास्कीमा दुई जना पक्राउ

लागूऔषध गाँजासहित कास्कीमा दुई जना पक्राउ

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, सिद्धबासस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा माछापुच्छ्रे–४ का २७ वर्षीय प्रमोद हमाल र १९ वर्षीय लक्ष्मण जिसी रहेका छन्।

उनीहरूको साथबाट २ केजी ४३० ग्राम गाँजा, नगद रु. ९,१३५ र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij