काठमाडौं : रसुवा बाढी प्रभावित नेपालका लागि भारतले पठाएको राहत सामग्रीको पाँचौँ पटक काठमाडौं आइपुगेको छ। भारतले बुधबार बिहान उद्धार टोली, आवश्यक उपकरण तथा ५.५ टन अत्यावश्यक राहत सामग्रीसहितको विमान नेपाल पठाएको हो।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन ११ सदस्यीय विशेष उद्धार टोली पनि नेपाल आइपुगेको छ। टोलीले आवश्यक उद्धार उपकरण र औषधि समेत ल्याइएको छ।
भारतले यसअघि चार चरणमा नेपाललाई राहत सामग्री पठाइसकेको थियो। पाँचौँ खेपसहित भारतले हालसम्म नेपाललाई ६८.५ टन राहत सामग्री उपलब्ध गराएको जनाइएको छ। उद्धार टोलीले विशेषगरी बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा नेपाली सुरक्षा निकायलाई प्राविधिक सहयोग गर्नेछ।
भारतले नेपालमा आएको विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij