Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रसुवा बाढी अपडेट : भारतमा पनि शव भेटियो, मृत्यु हुने ९५१ जना पुगे

रसुवा बाढी अपडेट : भारतमा पनि शव भेटियो, मृत्यु हुने ९५१ जना पुगे

काठमाडौँ : रसुवामा आएको विनाशकारी बाढीका कारण सोमवार दिउँसो १७:०० बजे सम्म ९ सय ५१ जनाको शव फेला परेको छ।

जसमध्ये रसुवामा ३२ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५६ जना, चितवनमा २ सय ८२ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्‍चिम १ सय ६३ जना र भारतमा ४ जना गरी ९ सय ५१ जनाको शव फेला परेको  हो। 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट