Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

उद्धार नभएको भन्दै सम्पर्कविहीन आफन्तका परिवार आक्रोशित

उद्धार नभएको भन्दै सम्पर्कविहीन आफन्तका परिवार आक्रोशित

काठमाडौं : भोटेकोसी बाढीमा परी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत आफन्त लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै पीडित परिवारका सदस्यहरू सोमबार आयोजनाको थापाथलीस्थित कार्यालयमा पुगेका छन् ।

उद्धारमा ढिलाइ भएको भन्दै आक्रोशित आफन्तहरूले कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् । उनीहरूले प्रभावित क्षेत्रमा उद्धारका लागि निजी हेलिकोप्टर लैजान अनुमति माग्दा सरकारले आइतबार अनुमति नदिएको र सोमबार दिने भन्दै टारेको, तर सोमबार पनि हेलिकोप्टर उपलब्ध नगराएको आरोप लगाएका छन् ।

आफन्तहरू बिहानै कार्यालय पुगेपछि प्रहरीसमेत त्यहाँ पुगेको थियो। कार्यालयमा केही विदेशी नागरिकसमेत रहेको बताइएको छ। घटनास्थलमा आक्रोशित आफन्तहरूले ‘गो ब्याक, गो ब्याक’ भन्दै नाराबाजी गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पर्कविहीन आफन्तको अवस्थाबारे जानकारी लिन परिवारका सदस्यहरू कार्यालय पुगेको बताए । पीडित परिवारका सदस्यहरू यसअघि आइतबार पनि कार्यालय पुगेका थिए । रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङबाट हालसम्म २७९ जनाको उद्धार गरिएको भए पनि माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत ३०० जनाभन्दा बढी अझै सम्पर्कविहीन रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट