काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित जम्मा ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीन हुने कर्मचारीहरूमा भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठ वटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठ हाइड्रोपावरका ९३३ जना छन्। उनले रसुवाबाट ५६२, नुवाकोटबाट ११५, मकवानपुरबाट ६५ र सिन्धुपाल्चोकबाट २२५ जना सम्पर्कविहीन भएको बताए। काठमाडौँ उपत्यकाका ४८१ जना तथा कोशी प्रदेशमा १३८ जना सम्पर्कविहीन रहेको आएको समेत उनले जनाकारी दिए।
उनले गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताए। उनकाअनुसार बाढीमा परि सम्पर्कविहीन हुनेमा ७४५ जना पर्यटकसमेत छन्। उनले हालसम्म बाढी प्रभावित जिल्लाहरुमा ७३५ जनाको शव फेला परेको समेत बताए। उनले विपद्पछि खोज, उद्धार र राहतमा ७ हजार ८८९ जना परिचालन भएको जानकारी दिए।
काफ्लेले अहिले टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा पुरिएका घर तथा शवको खोजी बताए। हाइड्रोपावरका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्लेले बताए। ‘सम्पर्कविहीन करिव ४ हजार ४ सय ७२ जना छन्, जसमा नेपाल प्रहरीको २५ जना हुनुहुन्छ। ३ जना मृत फेला परेर सनाखत भइसकेको छ। भन्सार कार्यालयको १५ जना, अध्यागमनको ४ जना, ८ बैंक शाखाको २६ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना, ८ हाइड्रोपावरका ९ सय ३३ जना कर्मचारी सम्पर्कविहीन भएको भनिएको छ’, उनले भने।
काफ्लेले उद्धार तथा खोजमा नेपाल प्रहरीका ७ हजार ८८९ जना परिचालन भएको बताए। खनाखत हुन नसकेका केही शवहरुको व्यवस्थापन गरिएको समेत उनले जानकारी दिए। उनले शवहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी व्यवस्थापन गरेको स्पष्ट पारे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij