काठमाडौँ : सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलनका लागि विभिन्न ठाउँमा राहत संकलन केन्द्र तोकेको छ।
सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था तथा सहयोगी निकायले विदेशबाट हवाई माध्यमबाट ल्याइने राहत सामग्री त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा संकलन गरिनेछ।
आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ। स्वदेशभित्र राहत सामग्री संकलनको लागि निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं, शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, नेपाली सेना मैथिली ब्यारेक, बट्टार, नुवाकोट,नेपाली सेना बैरेनी ब्यारेक, धादिङ तोकिएको छ।
यस बाहेक इच्छुकदाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्ने सरकारले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij