Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रसुवाबाट उद्धार गरिएका बाढी प्रभावित सवार बस डण्डामा दुर्घटना, ३२ जना घाइते

रसुवाबाट उद्धार गरिएका बाढी प्रभावित सवार बस डण्डामा दुर्घटना, ३२ जना घाइते

बर्दिया : रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढीप्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किएका छन्।

पाँचजनाको उपचार भइरहेको छ। बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको उनले बताए।

यसैगरी सुर्खेतकी रीता गन्धर्वको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ।

रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ आउँदै गरेको लु प्र ०१-००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट