काठमाडौं : जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
सरकारले विपद् प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने प्रयास गरिरहेका बेला जावलाखेल ग्रुपले उक्त रकम कोषमा हस्तान्तरण गरेको हो। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ।
विपद्का कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिक तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ। जावलाखेल ग्रुपले विपद्को यस कठिन घडीमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ। यसअघि पनि विभिन्न व्यवसायिक समूह, बैंक तथा निजी क्षेत्रका कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठूलो रकम सहयोग गरिसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij