Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पाँच दिनपछि भेटियो त्रिशूली–३ ‘ए’ सुरुङको मुख, उद्धार टोली भित्र पठाइँदै

पाँच दिनपछि भेटियो त्रिशूली–३ ‘ए’ सुरुङको मुख, उद्धार टोली भित्र पठाइँदै

काठमाडौं : भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको हो ।

उक्त सुरुङबाट अब उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी भइरहेको छ । यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल (प्वाल) बनाएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि परियोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारको काम बाढी गएको दुई दिनपछि शुक्रबारमात्रै थालिएको थियो ।

आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहको ओभरहलिङमा त्यहाँ करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान विद्युत् प्राधिकरणको छ । उनीहरूको खोजीका नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट