Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रधानमन्त्री राहत कोषमा सोनाम गियरको २० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा सोनाम गियरको २० लाख सहयोग

काठमाडौँ : नेपाली गार्मेन्ट कम्पनी सोनाम गियरले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा व्यवस्थापनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपदमा परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

बाढीका कारण विस्थापित भएका र सर्वस्व गुमाएका पीडित परिवारका लागि खाद्यान्न, आवास, तथा कपडालगायतका अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले यो सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले हिजो शनिबार कनेक्ट आइपीएस प्रणालीमार्फत डिजिटल रुपमा उक्त रकम सरकारको खातामा ट्रान्सफर गरेको हो । सोनाम गियरका सञ्चालक टासी छोन्बे नेपालीले प्राकृतिक विपत्तिको यस घडीमा पीडित परिवारको राहत व्यवस्थापनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताए । ‘यस्तो अप्ठ्यारो अवस्थामा राज्यलाई सहयोग गर्नु निजी क्षेत्रको पनि दायित्व हो, हाम्रो यो सानो सहयोगले पीडितको घाउमा मलम लगाउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

विपद्को समयमा सरकारको एक्लो प्रयासले मात्र सबै काम तत्काल सम्भव नहुने हुँदा निजी क्षेत्रबाट भइरहेका यस्ता आर्थिक सहयोगले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउन ठूलो मद्दत पुर्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट