काठमाडौँ : जेनजी अभियन्ता मिराज ढुंगानासहितको टोली बाढी प्रभावित नुवाकोटमा राहत सामग्री लिएर पुगेको छ । .टोलीले नुवाकोट दरबारमा सञ्चालित बाढीपीडितको शिविरमा खाद्यान्न, मेडिकल किट, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो ।
हाल शिविरमा ७६ जना बाढीपीडित आश्रय लिइरहेका छन् । तीमध्ये ४७ जना १८ वर्षमुनिका बालबालिका छन् । बालबालिकालाई लक्षित गर्दै खेलौना, लत्ताकपडा, भित्री कपडा र खाद्यान्नलगायत सामग्री ल्याइएको मिराजले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij