बेइजिङ : तिब्बतमा आएको भीषण बाढीमा परी ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन (CCTV) का अनुसार बेपत्ता हुनेहरूमध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्।
बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा ठूलो संख्या नेपालीहरूको रहेको छ। चिनियाँ अधिकारीहरूका अनुसार १०४ जना नेपाली नागरिक अहिले पनि बेपत्ता छन्।
विदेशी नागरिकहरूको विवरण:
चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनुसार बेपत्ता हुने अन्य विदेशीहरूको सूची यसप्रकार छ ।
भारत: ४९ जना
लाटभिया: ३३ जना
अमेरिका: १८ जना
बेलायत: १५ जना
क्यानडा र अष्ट्रेलिया: ६–६ जना
दक्षिण अफ्रिका: ४ जना
मलेसिया, जर्मनी र रसिया: ३–३ जना
फ्रान्स, न्युजिल्याण्ड, एस्टोनिया, आयरल्याण्ड: २–२ जना
फिनल्याण्ड, नेदरल्याण्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हंगेरीका १–१ जना रहेका छन्।
चिनियाँ अधिकारीहरूले बेपत्ता भएका नागरिकका सम्बन्धित दूतावास र कन्सुलर सेवाहरूलाई यसबारे औपचारिक जानकारी गराइसकेका छन्। यो विवरण परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपतकालीन व्यवस्थापन लगायतका विभिन्न निकायहरूको संयुक्त अनुसन्धान र समन्वयपछि तयार पारिएको सीसीटीभीले जनाएको छ।
बाढीका कारण तिब्बत र नेपालका सीमावर्ती क्षेत्रहरूमा ठूलो धनजनको क्षति भएको छ भने खोजी र उद्धार कार्य जारी रहेको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij