चितवन : रसुवाबाट पुनः बाढीपहिरो, नारायणगढ–मुग्लिन–पोखरा–काठमाडौं सडक बन्द
जिल्ला प्रहरी कार्यालय, चितवनले रसुवा क्षेत्रमा पुनः बाढीपहिरो आएको सूचना प्राप्त भएको भन्दै नदी तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढबाट पोखरा, मुग्लिङ तथा काठमाडौं जाने–आउने सबै किसिमका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
प्रहरीले जोखिमयुक्त स्थानमा नबस्न, अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।