Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पूर्वस्वीकृति अनधिकृत ड्रोन उडाउँदा हेलिकोप्टरमार्फत भइरहेको खोजी तथा उद्दारमा बाधा

पूर्वस्वीकृति अनधिकृत ड्रोन उडाउँदा हेलिकोप्टरमार्फत भइरहेको खोजी तथा उद्दारमा बाधा

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा अनुमतिबिना जथाभावी ड्रोन नउडाउन निर्देशन दिएको छ।अनधिकृत रूपमा उडाइएका ड्रोनका कारण हवाई सुरक्षामा जोखिम उत्पन्न भएको र हेलिकोप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुगेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरहरू पूर्ण क्षमताका साथ निरन्तर परिचालन भइरहेका छन्।

तर, केही व्यक्ति तथा संस्थाहरूले पूर्वस्वीकृति नलिई ड्रोन उडाइरहेको पाइएको प्राधिकरणको ठहर छ।

प्राधिकरणका उपसचिव ध्रुवबहादुर केसीद्वारा जारी सूचनामा ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन भनिएको छ।

नियम उल्लंघन गरी अनधिकृत रूपमा ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट