Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भोटेकोशी बाढीबारे नेपाल–चीनबिच टेलिफोन वार्ता

भोटेकोशी बाढीबारे नेपाल–चीनबिच टेलिफोन वार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले आज चीनका विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गरेका छन् ।वार्ताका क्रममा सीमापार भोटेकोशीमा आएको आकस्मिक बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय क्षति तथा ठुलो विनाशप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
दुवै पक्षले आपत्कालीन प्रतिकार्यलाई थप प्रभावकारी बनाउने, उद्धार तथा राहत कार्यलाई सुदृढ गर्ने र वास्तविक समयको जलविज्ञानसम्बन्धी तथ्यांक आदानप्रदान बढाउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।

नेपालतर्फ जारी उद्धार तथा राहत प्रयासमा चीनले गरेको महत्त्वपूर्ण सहयोगप्रति परराष्ट्रमन्त्रीले चीन सरकारलाई हार्दिक धन्यवादसमेत व्यक्त गरेका छन् ।

यसैबिच आज दिउँसो चिनियाँ उद्धार टोली नेपालका प्रभावित क्षेत्रमा गई उद्धारको कार्यमा खटिइसकेका छन् । 

 


a

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट