Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

लेदोमा डुब्यो विद्यालय, कक्षाकोठामै छन् विद्यार्थीका झोला

लेदोमा डुब्यो विद्यालय, कक्षाकोठामै छन् विद्यार्थीका झोला

धादिङ : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालय क्षतिग्रस्त भएको छ। बाढीका कारण विद्यालयको प्रांगणदेखि कक्षाकोठासम्म लेदो भरिएको छ। भदौ १० गते बिहान विद्यार्थी विद्यालय पुगेका थिए। तर, बाढी आएको खबर फैलिएपछि विद्यालयमा भागाभाग मच्चिएको थियो।

अत्तालिएका विद्यार्थीले कक्षाकोठामै आफ्ना झोला तथा अन्य सामग्री छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए। ती झोला अझै कक्षाकोठामै रहेको स्थानीयले बताएका छन्।

बाढीका कारण विद्यालयमा ठूलो क्षति पुगे पनि त्यहाँ अध्ययनरत सबै विद्यार्थी सुरक्षित रहेको स्थानीयले बताएका छन्। विद्यालयको सरसफाइ तथा पुनः सञ्चालनका लागि तत्काल लेदो हटाउनुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट