Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बाढीले बगाएर ल्याएको सेफ तोडेर नगद चोरी गरेको आरोपमा २९ पक्राउ

बाढीले बगाएर ल्याएको सेफ तोडेर नगद चोरी गरेको आरोपमा २९ पक्राउ

धादिङ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडेर नगद चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

भदौ १० गतेको बाढीले बगाएर ल्याएको सेफ धादिङको गल्छी गाउँपालिका–४ स्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीयले सेफ तोडेर त्यसभित्र रहेको नगद निकालिएको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

पक्राउ पर्नेमा अधिकांश गल्छी गाउँपालिका–४ र ६ का स्थानीय रहेको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत तथा घटनामा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट