रसुवा : रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको जानकारीपछि सरकारले उद्धार कार्यलाई तीव्र बनाएको छ। विगत दुई दिनदेखि जारी उद्धार प्रयासअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको हो।
सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली रातिदेखि नै निरन्तर खटिएको छ। टोलीले सुरुङको मुखमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै प्रवेशद्वार खोल्ने र खोजी कार्य अघि बढाइरहेको छ।
प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। यसैबीच उद्धारमा सहयोग गर्न आएको भारतीय टोली त्रिशूली पुगेको छ। टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गरी अवस्थाको मूल्यांकन गर्ने र आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने तयारी गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij