Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पूर्व प्रशासकीय अधिकृत यादव भण्डारीको भोटेकोशी बाढीमा निधन

पूर्व प्रशासकीय अधिकृत यादव भण्डारीको भोटेकोशी बाढीमा निधन

गुल्मी :  रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत यादव भण्डारीको भोटेकोशीको विनाशकारी बाढीमा परी निधन भएको छ।

गुल्मीको सत्यवती गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका ३७ वर्षीय भण्डारी बाढी आएपछि कार्यरत रहेकै अवस्थामा बेपत्ता भएका थिए। लामो खोजीपछि उनको शव नवलपरासीमा फेला परेको हो।

पोखरा ल्याइएको शव भण्डारीका दाजु चुडामणि भण्डारीले पहिचान गरेका थिए। गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका भण्डारी कर्तव्यनिष्ठ र कर्मठ राष्ट्रसेवकका रूपमा परिचित थिए।

सत्यवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका भण्डारीको ३७ वर्षकै उमेरमा भएको निधनले परिवार, आफन्त तथा राष्ट्रसेवा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट