काठमाडौँ : रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी (ल्हेन्दे) नदीमा आएको विनाशकारी बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक तथा सञ्चार उद्यमी सुरेश सिम्खडा परिवारका सदस्यसहित सम्पर्कविहीन भएका छन्।
उनी आफ्नी आमा गोमा सिम्खडा र दिदी शारदा सिम्खडाका साथ तिब्बतस्थित कैलाश मानसरोवरको तीर्थयात्राका लागि काठमाडौंबाट निस्किएका थिए।
भदौ ९ गते काठमाडौंबाट यात्रा सुरु गरेको सिम्खडाको टोली सोही दिन साँझ रसुवाको टिमुरेस्थित ‘होटल कैलाश’ मा बास बसेको थियो।
बाढी आएको दिन भदौ १० गते बुधबार बिहान साढे ७ बजेसम्म उनीहरूको परिवार तथा शिलापत्र टिमसँग सम्पर्क भएको भए पनि त्यसपछि भने कसैसँग सम्पर्क हुन सकेको छैन।
उनीहरू बा. प्र. ०१–००१–य १९१८ नम्बरको सवारीसाधनमा यात्रा गरिरहेका थिए, जसका चालक नरेन्द्र बडुवाल रहेका थिए।
रसुवागढी क्षेत्रबाट उनीहरू सम्पर्कमा नआएपछि उद्धार तथा खोजीका लागि ट्राभल कम्पनी, शिलापत्र मिडिया नेटवर्क तथा धादिङको गङ्गाजमुना गाउँपालिकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्बन्धित निकायहरूसँग विशेष अपिल गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij