काठमाडौ : भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीमा विभिन्न ३३ देशका नागरिक प्रभावित भएको पाइएको छ। उपलब्ध पछिल्लो विवरणअनुसार बाढीपछि ६३२ जना विदेशी नागरिकमध्ये १२१ जना फेला परेका छन् भने ५११ जना अझै बेपत्ता छन्।
सरकारले सार्वजनिक गरेको देशगत विवरणअनुसार सबैभन्दा धेरै प्रभावित भारतीय नागरिक १७८ जना छन्। तीमध्ये ८५ जना फेला परेका छन् भने ९३ जना अझै बेपत्ता छन्।
त्यस्तै, चीनका १०० जनामध्ये १६ जना फेला परेका छन् भने ८४ जना बेपत्ता छन्। अमेरिकाका ६८ नागरिकमध्ये २ जना फेला परेका छन् भने ६६ जना अझै बेपत्ता छन्। युक्रेनका ५३ मध्ये सबै ५३ जना बेपत्ता रहेको विवरणमा उल्लेख छ।
मलेसियाका ५१ जना, अस्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना तथा दक्षिण कोरियाका ९ जना प्रभावित भएको विवरणमा उल्लेख छ। दक्षिण कोरियाका भने सबै ९ जना फेला परेका छन्।देशगत विवरणअनुसार रुसका ८ जनामध्ये २ जना फेला परेका छन् भने ६ जना बेपत्ता छन्। बेल्जियमका ३ जनामध्ये १ जना फेला परेका छन् भने २ जना बेपत्ता छन्। इटालीका २ जना र स्विट्जरल्यान्डका १ जना सबै फेला परिसकेका छन्।
यस्तै, जर्मनीका ८, लाटभियाका ६, दक्षिण अफ्रिकाका ६, जापानका ५, न्युजिल्यान्डका ५, फ्रान्सका ४, पोर्चुगलका ३, स्पेनका ३, नेदरल्यान्ड्सका २, आयरल्यान्डका २, काजाकिस्तानका २ तथा अन्य केही देशका नागरिक पनि बाढीपछि बेपत्ता रहेको विवरणमा उल्लेख छ।विदेशीको राष्ट्रियता पुष्टि नभएका ३ जनालाई भने फेला परेको विवरणमा जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij