Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नवलपरासीका उखु किसानले पाए साढे १२ करोड सरकारी अनुदान रकम

नवलपरासीका उखु किसानले पाए साढे १२ करोड सरकारी अनुदान रकम

नवलपरासी : पश्चिम नवलपरासीका उखु किसानले आर्थिक वर्ष २०८२/८३ को अनुदान रकम समयमै भुक्तानी पाएका छन् । सरकारले असार मसान्तमा उखु बापतको अनुदान रकम निकासा गरेपछि किसानहरुको खातामा साढे १२ करोड बढि रकम पठाइएको छ । हरेक वर्ष दशैँको समयमा वितरण हुदै आएको अनुदान यस वर्ष चालु सिजनको सोहि आर्थिक वर्षमै निकासा भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कमल सापकोटाका अनुसार १२ करोड ६१ लाख ७७ हजार रुपैयाँ असार मसान्त आगावै किसानको खातामा भुक्तानी भइसकको छ । ४ सय ६४ जना किसानको आवश्यक कागज र विवरण पेश हुन नसकेकाले ३५ लाख ६८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले ३ हजार ५ सय १४ र लुम्बिनी चिनी उद्योगले १ हजार ८ सय ८१ किसानको उखु खरिद गरेको विवरण पेश गरेका थिए । जिल्लामा रहेका चार वटा चिनी मिलमध्ये बागमती खाँडसारी चिनी मिल र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा थिए । बागमतीले ११ लाख ५४ हजार ४ सय ३४ क्विन्टल र लुम्बिनी चिनी मिलले ६ लाख ९९ हजार ८३ क्विन्टल उखु क्रसिङ गरेको थियो । समयमै उखुको अनुदान पाएपछि किसान खुसि भएका छन् । तर सरकारले आर्थिक वर्षको अन्तिममा बल्ल भुक्तानी निकासा गर्दा केहि किसानले भने विवरण बुझाउन पाएनन् ।

 

प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक किसान संघका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले उखुको अनुदान रकम समयमै निकासा हुन सकारात्मक पक्ष भएको बताउदै अब न्यूनतम मुल्य निर्धारण पनि समयमै हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट