Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ :  उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बिहीबार व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

बुधबार अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) डिल्लीबजारबाट पक्राउ गरेको थियो । व्यवसायीहरू दीपक भट्ट र शङ्करका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट