Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

करेन्ट लागेर सशस्त्र प्रहरी जवान खत्रीको मृत्यु

करेन्ट लागेर सशस्त्र प्रहरी जवान खत्रीको मृत्यु

झापा : झापाको कमल गाउँपालिकास्थित सशस्त्र प्रहरी बल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ।

सुनसरीको खनार घर भएका करिब ३० वर्षीय सुदिम खत्रीको बिहीबार साँझ गण परिसरभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते खत्रीलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि गणको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले विरोध जनाएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट