हुम्ला : जिल्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रको पाटनमा बन घोडा बथानै बथान देखिने गरेका छन। लिमीबाट लाप्चा जानेक्रममा टाक्चीबाट माथि चढ्ने बित्तिक्कै जताततै बन घोडाको बथान देखिने गरेका हुन्।
लाप्चाबाट मानसरोर कैशालको दुरदर्शन गर्न जाने क्रममा ताक्चीबाट पुल्की लाग्ना हुँदै लाप्चासम्म पुग्दा जताततै बन घोडाको बथान देखिने गरेको लाच्पा यात्रा गर्नु भएका जनक रोकायाले बताए। हाल ६३ वर्षी रोकायाले पहिले यसरी ती पाटनमा बन घोडाको धेरै बथान नदेखिने तर हाल धेरै देखिने गरेका छन।
लाप्चा जानेक्रममा ताक्चीको उकालो लागेपछि मानसरोवर कैलाशको दुरदर्शन गर्ने क्षेत्र लाप्चासम्म कम्ती पचासदेखि साठी वटा बन घोडाको बथान देखिने गरेको उनको भनाई छ।
पहिले सो क्षेत्र जाने पैदल यात्रुहरु हिडेर जाने भएको कारण केही टाढै रहने गरेको भए पनि अहिले भने लाप्चासम्म सडक पुगेको कारण यातायातका साधनहरु जाने भएको कारण सडक छेउमै बन घोडाहरु देखिने गरेका छन। अर्का लाप्चा पुगेका दानबहादुर रावलले गाडीको आवाज समेत बन घोडाको बथानले पचाई सकेको बताउदै नजिकैबाट पनि बन घोडाहरु हेर्न सकिने बताए।
लिमीको उच्च पाटनमा बन घोडा कति छन भन्ने त यकिन तत्थ्याङ्क कसैले राखेको छैन तर पनि उनले दुई हजार भन्दा कम नभएको भनाई राखे। ती बन घोडाहरु आफ्नै बथानमा मात्र चर्न र डुल्न जाने गर्छन। यी बन घोडाको बथान देखिनाले पनि पर्यटकहरुलाई आर्कषित गर्ने गरेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए। लाप्चा जानेक्रममा जताततै बन घोडाहरु देखिने गरेका छन। पहिले आफुले यति धेरै बन घोडा नदेखेको बताउदै पछिल्लो एक दुई वर्ष यता बढ्दै गएका छन्।
हाल ती पाटनमा बन चौरी, नाउर, बन कुकुर भन्दा बढी नै रहेका छन्। ती बन घोडाहरु चार हजार तीन सय मिटर भन्दा उचाईदेखि चार हजार नौ सय मिटरको उचाईसम्म हाल देखिदै आएका छन्। शरिरमा खासै बाक्लो नौ पनि नभएको कारण हिउदको हिउमा कसरी ती उच्च पाटनमा वस्छन भन्ने कुरामो भने खोजी गर्नु आवश्यक देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij