Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पत्राचार

शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पत्राचार

काठमाडौँ  : शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा तथा खेलकुद मन्त्रालयले  पत्राचार गरेको छ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्श व्यवसायीहरूको छाता सङ्गठन नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घ लगायतलाई बुधबार पत्राचार  गर्दै छलफलका लागि आउन अनुरोध गरेको हो । 

भोलि बिहीबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा छलफल हुने छ। शैक्षिक परामर्श व्यवसायीहरू मन्त्रालयले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन० नियमावली, २०८३’मा असन्तुष्टि जनाउँदै विरोधमा छन्।

 व्यवसायीहरूले नियमावली अव्यवहारिक रहेको भन्दै संशोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन तथा व्यवस्थापन० नियमावली, २०८३ का केही प्रावधानहरू खारेजीको माग गर्दै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका थिए ।

विदेशी कलेज तथा विश्वविद्यालयबाट व्यवसायीहरूले प्राप्त गर्ने मुख्य आम्दानीको स्रोत रोक्न नहुने, दोहोरो कर विवरण बुझाउने तथा समता शुल्कको व्यवस्था हटाइनुपर्ने र विद्यार्थीलाई मानसिक वा आर्थिक क्षतिको आधारमा क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था अनुपयुक्त भएकाले खारेज हुनुपर्ने माग राखेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट