काठमाडौं : कञ्चनपुरमा च्याउ खोज्न भन्दै जंगलमा गएका १४ जना महिला सम्पर्कबिहीन भएका छन्। भीमदत्त नगरपालिका १९ बागफाँटाका १४ जना सम्पर्कबिहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने उनीहरू हिजो बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएको रावतले बताए।
बेलडाँडीका तीनजना भने सम्पर्कमा आएका छन्। उनीहरुसँग मोबाइल रहेको र आज बिहान सम्पर्कमा आएको उनले बताए। अरु १४ जना पनि निकुञ्जमै बाटो बिर्सिएर भौँतारिएको आशंकामा खोजीकार्य तीव्र पारिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij