Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु

रौतहट : बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ।

मृतक महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो हुन्। उनी केही दिनदेखि मामा घरमा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामा घर पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। परिवारका सदस्यले तत्काल बालिकालाई पानीबाट बाहिर निकाले पनि उनको ज्यान जोगाउन सकेनन्।

घटनाको जानकारी साँझ करिब ६ः१५ बजे इलाका प्रहरी चौकी बड्कीफुलबरियामा पुगेपछि असई राम विद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का, फरेन्सिक टोलीसहितको प्रहरी टोली खटिएर घटनास्थलको अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट