Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै

एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै

काठमाडौँ : कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ।

‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डिएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो।

उक्त मलमध्ये एक हजार २५० मेट्रिकटन मल यही साउन १ गते नेपालतर्फ ढुवानी शुरु भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको जनाइएको छ।

प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट