Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गोठ भत्किँदा मृत्यु

गोठ भत्किँदा मृत्यु

स्याङ्जा  : स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ ।

भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए ।


गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij