Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु

बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु

काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण विकराल परिस्थिति सिर्जना भएको र सुकुमबासीहरू थप सङ्कटमा परेको बताइन् । 

उनले राज्यको गलत नीतिका कारण ज्यान गुमाउनेहरूमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेको जानकारी उनले दिइन् ।  

सांसद गुरुङले यी मृत्युहरूलाई सामान्य रूपमा लिन नसकिने भन्दै यसलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्याको रूपमा चित्रण गरिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट