Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कागजपत्रविहीन कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

कागजपत्रविहीन कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कवाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ। आवश्यक कागजपत्र बिना कवाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

आवश्यक कागजपत्र बिना ठुलो मात्रामा कवाडी सामान बोकेर उपत्यका बाहिर जान लागेको भन्ने गोप्य सूचनाका आधारमा रिङरोडबाट सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले  नियन्त्रणमा लिएको उनले बताए ।

सशस्त्रले नियन्त्रणमा लिएका ट्रकमा प्र२-०३-००१ख ४७३८ , लु२ ख ५१०५, प्र२-०३-००१ख५६१९, ना ५ ख ६६७१ , ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७ , ग २ ख ५३९ र ना ६ ख ५६१ नम्बरका रहेका छन् । ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन लैजाने क्रममा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट