Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

युटेक कलेज भरतपुरमा व्याचलर अफ इन्जिनियरिङ्ग तहका लागि भर्ना शुरु

युटेक कलेज भरतपुरमा व्याचलर अफ इन्जिनियरिङ्ग तहका लागि भर्ना शुरु

चितवन : चितवनकै प्रतिष्ठित युनाईटेड टेक्निकल कलेजमा स्नातक तह इन्जिनियरिङ्ग संकायको लागि नयांँ भर्ना शुरु गरिएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजले एक सूचना जारी गर्दे उक्त संकायको भर्ना कार्यक्रम शुरु गरिएको जानकारी दिएको हो । कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि इन्जिनियरिङतर्फका स्नातक -Bachelor of Engineering कार्यक्रमहरूमा भर्ना खुला गरेको हो । गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक तथा विद्यार्थीमैत्री शैक्षिक वातावरणका साथ कलेजले दक्ष, सक्षम र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको छ। इन्जिनियरिङ क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षामा सहभागी भई समयमै भर्ना प्रक्रिया पूरा गर्न समेत कलेजले आग्रह गरेको छ।

कुन कुन विषयमा भर्ना गर्न सकिन्छ ?्

उपलब्ध कार्यक्रमहरू

B.E. Civil Engineering – ९६ सिट

B.E. Computer Engineering – ४८ सिट

B.E. Information Technology (IT) – ४८ सिट

B.E. Electrical & Electronics Engineering – ४८ सिट

प्रवेश परीक्षा (Entrance Examination)

२०८३ असार २२ गते

युटेक कलेज नै किन ?

१००% सम्म छात्रवृत्तिको अवसर

पोखरा विश्वविद्यालयको पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षा

आधुनिक प्रयोगशाला तथा अत्याधुनिक शैक्षिक पूर्वाधार

अनुभवी तथा दक्ष प्राध्यापकद्वारा अध्यापन

उद्योग तथा रोजगारीमुखी शिक्षण प्रणाली

अनुसन्धान, नवप्रवर्तन तथा व्यावहारिक सिकाइमा विशेष जोड

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट