Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सकियो मलमास

सकियो मलमास

काठमाडौँ :  गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास (मलमास) आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दु पात्रोमा चन्द्र वर्ष र सौर वर्षबिचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ।अधिक मासमा विवाह, व्रतबन्ध तथा गृह प्रवेशजस्ता शुभ कार्य नगरे पनि जप, तप, दान, पूजा–आराधना, धार्मिक ग्रन्थको अध्ययन तथा सत्कर्म गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम भेगमा अवस्थित मन्दिरमा लाखौँले पूजा आराधना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ। महिनाभर त्यहाँ भगवान् नारायणको पूजा र पुरुषोत्तममास महात्म्य वाचन एवं श्रवण भएको थियो । वि.सं.२०८० साउनमा अधिकमास परेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij