Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर खड्का उत्कृष्ट प्रहरी घोषित

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर खड्का उत्कृष्ट प्रहरी घोषित

काठमाडौं :  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) सन्तोषकुमार खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अपराध अनुसन्धान कार्यालयले जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै इन्स्पेक्टर खड्कालाई पुरस्कृत गरेको हो । हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने चलन छ ।

अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत इन्स्पेक्टर खड्काले अपराध अनुसन्धान तथा नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।

यसअघि उनी लामो समय नगर प्रहरी अर्थात पुलिस क्बल भृकुटीमण्डमा बसेर काम गरेका थिए । भिड नियन्त्रण र अपराध अनुसन्धानमा उनी पोख्त रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij