Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवसको तयारी, विशाल भण्डारा र धार्मिक अनुष्ठान हुने

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवसको तयारी, विशाल भण्डारा र धार्मिक अनुष्ठान हुने


देवघाट : तनहुँको  देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी ९गलेश्वर बाबा० को ५१ औं स्मृति दिवसको अवसरमा असार २ गते मंगलबार आश्रममा विभिन्न कार्यक्रम गरिने भएको छ ।

आश्रमका पिठाधिश अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको अध्यक्षतामा हुने उक्त कार्यक्रममा बृहत धार्मिक अनुष्ठान, स्मृति सभा तथा विशाल भन्डाराको कार्यक्रम आयोजना गरिएको गलेश्वर आश्रमले जनाएको छ । आश्रमका अनुसार उक्त कार्यक्रम विहान ९ बजेबाट हुनेछ ।

 

तपस्वी अष्टाङ्ग योगसिद्ध योगिराज श्री ईश्वरानन्द ब्रह्मचारी ९गलेश्वर बाबा० ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकी नदीलाई पच्छ्याउने क्रममा वि।सं। १९८० सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी उक्त गलेश्वर आश्रमको स्थापना गरेका थिए । वि।सं।२०३२ साल जेष्ठ शुक्ल द्वितीयाका दिन गलेश्वर बाबा ब्रह्मलीन भएका थिए ।

गलेश्वर बाबाले संस्कृतिको आधारशिला संस्कृत वाङ्मय हो भन्ने मर्मलाई हृदयङ्गम गरी वैदिक सनातन धर्मबाट समस्त मानवजातिको कल्याण होस् भन्ने उद्देश्य राखी वि।सं। २०२३ साल पौष २७ गते पृथ्वी जयन्ती ९राष्ट्रिय एकता दिवस० का दिन श्री वदे वेदाङ्ग विद्यालयको नामबाट गुरुकुलीय शिक्षापद्धति अनुसार संस्कृत पाठशालाको स्थापना गरेका थिए । उक्त विद्यालयको अभिलेख अनुसार विद्यालयले वि।सं।२०२४ साल चैत्र १२ गते अस्थायी अनुमति पाई गुरुकुलीय पद्धति अनुसार वेदाध्ययन गराउँदै आएको छ ।

 

वि।सं।२०५३ सालमा उक्त आश्रमलाई भौतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक रुपमा विकास गर्नसक्ने योग्य तपोनिष्ठ क्षमतावान् सन्त हालका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज पिठाधिश भएका थिए । तत्पश्चात उनकै नेतृत्वमा आश्रमले संस्थागत विकास गर्दै आएको छ । हाल आश्रमले भौतिक, सामाजिक, धार्मिक, आध्यात्मिक र शैक्षिक विकासमा पूर्णता प्राप्त गर्न सफल भएको छ ।

आश्रम अन्तर्गत एक सय ८५ वटा कुटी छन् । त्यसैगरी सिद्धेश्वर महादेव, ज्योतिर्लिङ्गश्वर महादेव, गङ्गामाला मन्दिर, सहक्षल्पेश्वर हनुमान मन्दिर राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिङ्ग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर रहेका छन् ।

आश्रम अन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुका लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय एवं स्नानकक्ष छन । तीर्थयात्रीका लागि निशुल्क वास र भोजनको व्यवस्था आश्रमले मिलाएको छ । आश्रम अन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिव सय कोठाको साधक भवन रहेको छ । करिव रु १५ करोड लगानीमा वेदवेदाङ्ग संस्कृत विद्यापीठ भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

 

गलेश्वर आश्रम सन्चालनकालागि महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा १३ सदस्यिय सञ्चालक समिति पनि रहेको छ ।

आश्रममा आश्रित साधु–सन्त, भक्तजन, वृद्धवद्धा, वेद वेदाङ्ग विद्यालयका अध्यापक, अध्येता, ब्रह्मचारी बटुकका लागि नित्य भोजन र अन्य अतिथिका लागि दुई छाक० निःशुल्क भोजनको व्यवस्था आश्रमले मिलाएको छ । ३ सय जनाले एकैसाथ भोजन गर्न मिल्ने भोजनालय सञ्चालनमा छ ।

 

स्थायी अन्न क्षेत्रलाई दिगो सञ्चालन गर्न दानदाता महानुभावहरूले आफनो जन्मदिन अथवा पितृहरूको तिथिमा वा कोही कसैको नाममा अक्षयकोषमा न्युनतम १५ हजार रुपैयाँसम्म रकम जम्मा गन सक्ने व्यवस्था रहेको छ । सो को व्याजबाट अन्नक्षेत्र नियमित रुपमा सञ्चालन भएको छ । दाताहरूको पितृको सम्झनामा वा विशेष दिनको उपलक्ष्यमा विशेष भण्डाराको समेत व्यवस्था गरिन्छ । पितृहरूको तिथिका दिन प्रातः व्राह्मणद्रारा नदी किनारमा संकल्प गरी तर्पण गर्ने र जन्मदिनको उपलक्ष्यमा शिवालयको नियमित पूजामा संकल्प सहित रुद्राभिषेक गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij