Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

बढी विद्युत् खपतमा कम महसुल लाग्ने प्रणाली ल्याइँदै

बढी विद्युत् खपतमा कम महसुल लाग्ने प्रणाली ल्याइँदै

काठमाडौँ  : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विद्युत खपत बढाउन बढी ऊर्जा खपत गर्नेलाई महसुल रकम कम लाग्ने गरी संयन्त्र निर्माण भइरहेको बताएका छन्।

बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। यद्यपि ५० युनिटभन्दा बढीको विद्युत खपतमा भ्याट लाग्ने गरी आर्थिक ऐन बनेकोले केही समस्या भइरहेको उनले बताए।

भ्याटसम्बन्धी विषय सम्बोधन गर्न अर्थमन्त्रालयसँग समन्वय भइरहेको उनको भनाइ छ। उनले छिट्टै नै विद्युत महशुल प्रणालीलाई व्यवस्थित गर्ने जानकारी दिए।

उनकाअनुसार हालसम्म बढी विद्युत् खपत गर्ने ग्राहकले बढी महशुल तिर्नुपर्ने बिलिङ प्रणालीको अभ्यास हुँदै आएकोमा अब विद्युत उत्पादन बढी हुने मौसममा खेर जाने ऊर्जा रोक्न बढी खपतमा कम महशुल लाग्ने प्रणाली प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij