Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ : पर्यटनमन्त्री पौडेल

हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ : पर्यटनमन्त्री पौडेल

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । बुधवार काठमाडौँमा ‘एभरेष्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको उल्लेख गरे । 

मन्त्री पौडेलले सगरमाथा आरोहीहरूको साहस र दृढ सङ्कल्पको प्रशंसा गरे । समिटका क्रममा आयोजित राष्ट्रपतिसँगको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट’ र आरोहीहरूको शपथ ग्रहण समारोहलाई उनले राष्ट्रिय गौरव र जिम्मेवारीको प्रतीकका रूपमा चित्रण गरे । 

मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै हिमालय क्षेत्रमा देखिएको हिमनदी पग्लिने समस्या र जैविक विविधताको ह्रासलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । हिमालहरू एसियाका लागि ‘वाटर टावर’ का रूपमा रहेको स्मरण गराउँदै उनले यसको अस्तित्व जोगाउन वैज्ञानिक सहकार्य र साझा लगानी आवश्यक रहेकोमा जोड दिए । उनले नेपाललाई विश्वकै साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न गाइड, शेर्पा, उद्धारकर्मी र पर्यटन व्यवसायीहरूको अतुलनीय योगदान रहेको स्वीकार गरे । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट