काठमाडौं : नेपाल सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ।
आज बजारमा कुल ३३२ कम्पनीका १ करोड ४ लाख कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा कुल ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बजारमा अत्यधिक उत्साह देखिएको छ। कुल २४७ कम्पनीको सेयर मूल्य बढ्दा मात्र १८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज फर्स्ट माइक्रोफाइनान्स सेयरधनीहरूले सर्वाधिक १४.१९ प्रतिशत नाफा कमाएका छन् । त्यसैगरी कुमारी भनवृद्धि योजना ११.३७ प्रतिशत डाेल्टी हाइड्रोपावरको ८.४३ प्रतिशतले बढेका छन् । आज कुनै पनि कम्पनीमा उल्लेख्य गिरावट देखिएन । २.८७ प्रतिशत मूल्य घटेको त्रिशुली जलविद्युत कम्पनी सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ । आज सबै समूहका सूचकमा सुधार देखिएको छ ।
रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै २१ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रोपावर १७ करोड ६० लाख र एसवाई प्यानल १६ करोड १० लाख कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij