Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बायोमेट्रिक विवरण संकलन सुरु

बायोमेट्रिक विवरण संकलन सुरु

काठमाडौँ : संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकहरूमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्न बिहीबारदेखि विवरण संकलन कार्य सुरु गरिएको हो।

संघीय संसद्का विषयगत समितिहरू अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विकास, आर्थिक मामिला तथा सुशासन, अर्थ, विधायन व्यवस्थापन समितिका सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूको विवरण संकलनको कार्य भइरहेको संघीय संसद् सचिवालयले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट