काठमाडौँ : साताको दोस्रो कारोबार दिन मङ्गलबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अङ्कले बढेर २७१२.८६ को बिन्दुमा पुगेर बन्द भएको छ।
आज बजारमा कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख २ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा जलविद्युत समूहमा सबैभन्दा धेरै १.०२ प्रतिशतको वृद्धि देखिएको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६३ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ, लगानी, जीवन बीमा, र म्युचुअल फण्ड समूह पनि हरियाली रहेका छन्।
अर्कोतर्फ ट्रेडिङ इन्डेक्स ०.२९ प्रतिशत, लघुवित्त ०.२१ प्रतिशत र फाइनान्स समूह ०.१२ प्रतिशतले घटेका छन्। कारोबार रकमका आधारमा आज सोलु हाइड्रो शीर्ष स्थानमा रह्यो, जसको २३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ७८ लाख, नेशनल हाइड्रोको ११ करोड ५२ लाख, आँखुखोला जदविद्युतको ८ करोड १५ लाख र पाल्पा सिमेन्टको ७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै कमाउने अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता भए, जसको सेयर मूल्य ११.१६ प्रतिशतले बढेको छ। त्यस्तै सोलु हाइड्रोले ७.५६ र धौलागिरी लघुवित्तले ७.०४ प्रतिशत नाफा कमाएका छन्। यता गुमाउने कम्पनीहरूमा फरवार्ड माइक्रोफाइनान्सको मूल्यमा ९.३१ प्रतिशतको ठुलो गिरावट देखिएको छ। त्यसैगरी सुपर खुदी हाइड्रोपावर ३.१३ प्रतिशत र रावा इनर्जी ३ प्रतिशतले घटेका छन्। आजको कारोबारमा कुल १६२ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ भने १६ कम्पनीको मूल्य स्थिर रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij