Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

डिजिटल मार्केटिङसम्बन्धी अभिमुखीकरण

डिजिटल मार्केटिङसम्बन्धी अभिमुखीकरण

भरतपुर : चितवन उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सूचना, सञ्चार तथा प्रविधि दिवस–२०८३ को अवसरमा चितवन उद्योग वाणिज्य संघ र कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको सयुक्त आयोजनामा डिजिटल मार्केटिङसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वर्तमान समयमा एआईको प्रयोगबाट डिजिटल मार्केटिङ कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले गरिएको थियोे । कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय चितवनको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना प्रविधि विकासको मेरुदण्ड भएको बताउँदै उनले सूचना प्रविधिको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताए । सूचना प्रविधि अहिले नराम्रो कुरामा पनि विकास भएको र यस्तो समस्या समाधानमा हामी अब लाग्नुपर्ने बताए ।

चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले कृषि, शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रमा काम गर्दै आईरहेकोमा यस वर्षदेखि सूचना प्रविधिलाई पनि विकासको पूर्वधारको रुपमा अगाडि सारेको बताए । उनले उद्योग व्यवसाय पनि अहिलेको प्रतिस्पर्धात्मक समयमा प्रविधिसँग जोडिन र प्रयोग गर्न आग्रह गर्दै सूचना प्रविधिका माध्यमले व्यवसाय प्रवद्र्धन गर्न सहज हुने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सूचना प्रविधिले डिजिटल मार्केटिङ गर्न सहज बनाएको भएता पनि साइबर हमलाको घटना बढ्दै गइरहेकोले त्यससम्बन्धी नीति नियमहरुको बारेमा समेत सबैले जान्नुपर्ने आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा बोल्दै क्यान नेपालका केन्द्रीय सदस्य भानु शर्माले नेपालको समग्र विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा डिजिटल मार्केटिङसम्बन्धी प्रा.डा. हरि भण्डारीले प्रस्तुतिकरण दिएका थिए भने एआईसम्बन्धी डा. लोकेश गुप्ताले प्रस्तुतिकरण दिए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघको उपाध्यक्ष दोयनारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्यहरु, क्यान चितवनका पदाधिकारी कार्यसमिति, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरुलगायत उद्योगी व्यवसायी गरी ६० जनाको सहभागिता रहेको चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

कार्यक्रम कम्प्यूटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेको अध्यक्षता एवम् उपाध्यक्ष रुपक नेपालले धन्यवाद ज्ञापन सहित समापन गरेकोे कार्यक्रम सचिव कृष्ण पोखरेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट