Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सेयर बजारमा ५.७३ अङ्कको गिरावट, कारोबार ५ अर्बभन्दा तल

सेयर बजारमा ५.७३ अङ्कको गिरावट, कारोबार ५ अर्बभन्दा तल

काठमाडौँ : साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो गिरावट देखिएको छ। आज नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा ओर्लिएको छ ।

आज ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर कुल ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। आजको बजारमा श्रीनगर एग्रिटेकका लगानीकर्ताले सबैभन्दा धेरै १२.५७ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, शिखर पावर ७.९१ प्रतिशत र एसियन हाइड्रोपावर ७.८८ प्रतिशतले बढेका छन्।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १०.३८ प्रतिशत गुमाएका छन् भने माईखोला हाइड्रोपावरको सेयर मूल्य ९.११ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो । जसको २६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । त्यसैगरी आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख र नेशनल हाइड्रोपावरको १९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहमध्ये २ वटा मात्र हरियाली देखिएका छन्। बैंकिङ उपसूचक ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ०.८४ प्रतिशतले बढेका छन्। अन्य ११ वटा उपसूचकहरू भने घटेका छन्, जसमा अन्य समूह सबैभन्दा धेरै ०.९७ प्रतिशतले घटेको छ । आजको अन्त्यसम्ममा बजारको कुल पूँजीकरण ४६ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट