Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पुर्जा देखाएपछि रोकिएको डोजर फेरि घर भत्काउन अघि बढ्यो

पुर्जा देखाएपछि रोकिएको डोजर फेरि घर भत्काउन अघि बढ्यो

काठमाडौँ : काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि केहीबेर रोकियो । तर त्यसको केही समयमै उक्त घर भत्काउन डोजर अघि बढेको छ । 

शनिबार नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत डोजरले पुर्जा देखाएपनि घर भत्काएको हो । पुर्जाबारे आवश्यक छानबिन हुँदा भत्काउनु नै पर्ने देखिएपछि भत्काउन सुरु गरिएको प्रहरीको भनाइ छ । 

यसअघि विष्णुमती किनारमा रहेका ६ वटा घरका धनीहरूले आफ्ना घरको भित्तामा जग्गाको लालपुर्जा रहेको दाबी गरेका थिए ।  ती घरहरू खोलाको किनारै छुने गरी निर्माण गरिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट